2026 June 14/ 03:39: 34am

    नमोबुद्ध/बेपत्ता भएको ९१ बर्षपछि ‘मृत्यु’ भएको मान्दै परिवारका सदस्यले हिन्दु संस्कार अनुसार काजकिरिया गरेका छन् । 
    जन्मले १ सय बर्ष पुगेका नमोबुद्ध ८ का नन्दीकेशर अधिकारी (बैकुण्ठ)को हिन्दु संस्कार अनुसार काजकिरिया गरिएको हो । मंगलबार (असार ३१) गते कुशको शव बनाएर उनको अन्तिम संस्कार गरिएको नाती कुमार अधिकारीले बताए । नाती कुमार अधिकारी किरिया किरिया बसेका छन् । हिन्दु संस्कारमा ‘नारायणबली’ भनिने यो प्रकृयामा बेपत्ता भएको मानिस सय बर्ष हु“दा सम्म पनि फेला नपरे मृत्यु भएको मानेर अन्तिम संस्कार गर्ने चलन छ । मान्छे बितेपछि १३ दिनसम्म किरिया  बस्ने, अलिनो खाने, शुभ कार्य गर्न नहुने, बन्धु र आफन्तहरुले सिदा ल्याउने, शोक प्रकट गर्ने लगायतको एकै प्रकृया हुने नाती राजनप्रसाद अधिकारले बताए । राजनका अनुसार, वि.सं १९६५ सालमा जन्मेका नन्दीकेशर १९८५ सालमा परदेश गएका थिए । ७ बर्षको उमेरमा विवाह गरेका उनको श्रीमती वेदमायाको २०४२ सालमा मृत्यु भएको थियो ।
    मूलुकी देवानी संहिता, २०७४ को भाग २ व्यक्ति सम्बन्धी कानूनको परिच्छेद–१ को प्राकृतिक व्यक्ति सम्बन्धी व्यवस्थामा कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ  भन्ने उल्लेख छ ।