2026 June 14/ 01:52: 21am

    पनौती/जिल्ला खेलकुद विकास समिति काभ्रेको आयोजनामा पनौतीमा रहेको क्षेत्रिय रंगशालामा ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । 
    आईतबार शुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको थियो । प्रतियोगिताको शुभारम्भ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले गरेका थिए । कार्यक्रममा बोल्दै केसीले खेलकुद ब्यक्ति र राष्ट्रका लागि भएकाले सबैका लागि उपयोगी खेलकुदका कार्यक्रम नियमित हुनु पर्ने बताए । अध्यक्ष सचितान्नद केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, प्याब्सनका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, एन प्याब्सनका अर्जुन बञ्जारा, शिक्षक संगठनका जिल्ला सचिव रामचन्द्र थापा लगायतले प्रतियोगिताको महत्व र आवश्यकताका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा निर्णायकहरुको तर्फबाट सुर्य लामा घिसिङ्ग र सहभागि खेलाडीहरुको तर्फबाट उषा श्रेष्ठले सपथ गरेका थिए । प्रतियोगितामा स्थानीय तहबाट छनौट भएका खेलाडीहरुले भलिबल छात्र छात्रा, कवर्दी छात्र छात्रा, एथलेटिक्स, डब्लुटिएफ तेक्वान्दो, सितेरियो कराँते तर्फ छात्रा छात्राहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा विजयी खेलाडीहरुले प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा भाग लिनेछन् ।