2026 August 21/ 12:44: 43pm

    बनेपा/श्रीखण्डपुर माध्यमिक विद्यालय एस. एल सी २०४७ समुहको आयोजनामा गुरु वर्ग तथा स्रष्टा सम्मान कार्यक्रम तथा कवि तारा के.सीको प्रिय छोरी कविता सङग्रहको लोकापर्ण कार्यक्रम प्राज्ञीक तथा बरिष्ठ साहित्यकार माया ठकुरीकोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा प्रमुख अतिथी ठकुरीले सष्टाहरुको सम्मान गरी कविता लेखकहरुलाई संरक्षण र हौसला बढाउनु पर्ने बताएकी थिईन् । कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र कर्मचार्य, ५ का वडा अध्यक्ष गंगासागर रञ्जीत, बरिष्ठ साहित्यकार गोपाल पौड्याल श्रीखण्डपुर माविका प्रध्यानाध्यापक जयराम श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रयममा गुरु तथा साहित्यकारहरु मेघनाथ दवाडी, डा.धनेशवर भट्टराई, डिल्लीराम निरौला, सुरेन्द्र कुमार राई, शंकरलाल अधिकारी, कुशराम सुवाल, प्रेम सुवाल, राज्यज्योती राजबंशी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा एसएलसी २०४७ साल ब्याचका विद्यार्थीहरुको पुर्नमिलन कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रम सन्दिप केसीको सभापतित्वमा र कमल रायको सञ्चालनमा सम्पन्न भएको थियो ।