2026 June 13/ 05:48: 15pm

सात वटै प्रदेशका ब्यक्तित्व सम्मानित हुने
    बनेपा/जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका सम्मानहरू यस वर्षपनि घोषणा गरिएको छ ।
    वरिष्ठ शिक्षासेवी, शिक्षाविद् तथा लेखक डा. सुरेशराज शर्मालाई हृदयचन्द्र वरिष्ठ जनमत साधक सम्मान, वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई जनमत–महेन्द्रलाल कलाकार सम्मान, साहित्यिक पत्रकार हिरण्यकुमारी पाठकलाई भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान, साहित्य अभियन्ता तथा भाषासेवी हनिफ मियाँलाई जनमत–जनक सेवा सम्मान, वरिष्ठ बालसाहित्यकार विनयकुमार कसजूलाई जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मानले सम्मानित गरिने छ ।  
    यसैगरी वरिष्ठ साहित्यकार तथा साहित्यिक अभियन्ता काजी रोशनलाई गणेश÷खिलकुमारी दुवाल–जनमत सम्मान, वरिष्ठ कथाकार देविका तिमल्सिनालाई दीपा–जनमत सम्मान, धादिङकी साहित्यकार रुकु कार्कीलाई केवलपुरे–जनमत सम्मान, साहित्यसेवी अनुराधा शर्मालाई कमला सैंजू–जनमत सम्मान र स्याङ्जाका सक्रिय युवा साहित्यकार मिलन समीरलाई जनमत–राजभाइ सहयात्री सम्मानले  सम्मानित गरिने छ ।
    जनमत प्रकाशनको ३५ औं वार्षिकोत्सवका अवसरमा चैत्र २३ गते बनेपामा आयोजना हुने कार्यक्रममा प्रत्येक सम्मानित प्रतिभाहरुलाई ५ हजार पाँच नगद राशी सहित सम्मानहरू प्रदान गरिने अध्यक्ष मोहन दुवालले जानकारी दिएका छन् । यस वर्षको जनमत वार्षिक दिवसका अवसरमा हुने वृहत् साहित्यिक समारोहका विशिष्ट अथितिहरु ७ प्रदेशका २÷२ जना स्रष्टाहरु हुनेछन् ।