2026 June 21/ 03:45: 28pm

सिपाघाट/पतंजली योग समिति काभ्रेको आयोजनामा मण्डनदेउपूर नगरपालिका वडा नं. ६ सिपाघाटमा ईन्द्रेश्वर योग साधना केन्द्रका योग साधकहरुलाई १२ दिने उप–योग शिक्षक तालिमको समापन गरिएको छ । तालिम समापन पश्चात पतञ्जली योग समिति नेपालका केन्द्रिय सदस्य एवं बाग्मती प्रदेश प्रमुख गु्रबेन तौजले यज्ञ होम गरी ५७ जना प्रशिक्षकहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । 
कार्यक्रम पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको थियो । समापन कार्यक्रममा सहभागीहरु मध्येबाट सूर्यप्रसाद ढकाल, मण्डनदेउपूर न.पा. वडा नं. ६ का वडा अध्यक्ष सोमप्रसाद ढकालले शुभकापना मन्तव्य तथा योग समितिका उपाध्यक्ष प्रकाश कायष्थले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा संगठन मन्त्री श्यामकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए भने  संचालन महामन्त्री मोहन कृष्ण श्रेष्ठले गरेका थिए । कार्यक्रममा भक्तेश्वर योग साधना केन्द्रका योग शिक्षक दुर्गा ढकाल, बनेपा नगर संयोजक मनिषा बडाल सहभागी रहेको थियो । 
    कार्यक्रममा ईन्द्रेश्वर योग साधना केन्द्र मण्डनदेउपूर वडा नं. ६ मा राजन डोटेलको संयोजकमा नयाँ कार्यसमिति चयन गरेको छ, त्यसैगरी सदस्यमा प्रेमकाजी पोटे, दाल प्रसाद नेपाल, नेत्र बहादुर ढुङ्गाना, सूर्य प्रसाद ढकाल, प्रकाश आचार्य, शशी कुमार भट्टराई रहेका छन् । त्यसैगरी मण्डनदेउपूर नगर योग समिति सूर्यप्रसाद ढकालको संयोजकमा गठन भएको छ । समितिको सह–संयोजक सावित्री जमकट्टेल, सह–संयोजक राजन डोटेल, महामन्त्री नारायणकृष्ण श्रेष्ठ, संगठन मन्त्री दिपक प्रसाद लम्साल, कोषाध्यक्ष उत्तम लामा, मन्त्री राजेन्द्र पराजुली, सदस्यहरुमा  रामकुमार श्रेष्ठ, प्रेमकाजी पोटे, शंखर दुलाल, ईश्वरी तिमिल्सिना, गंगा श्रेष्ठ, दिलमायाँ श्रेष्ठ, बुनु विद्याधर, सुरेन्द्र पौडेल, रमेश ढकाल, सल्लाहकार संयोजक आनन्द सापकोटा, सल्लाहकार सोमप्रसाद ढकाल, वडा नं. ६ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, वडा नं. ७ का वडा अध्यक्ष मुराली प्रसाद सापकोटा रहेका छन् ।