2026 June 21/ 03:45: 39pm

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ६ स्थित बुडोलको डाँडो खत्रीगाउँमा तिन सय घर परिवारका लागि एक घर एक धारा अन्र्तगत का लागी खानेपानिको  डिपबोरिङ्ग शुरु  गरिएको छ । 
     वडाका नागरिकहरुलाई एक घर एक धारा जडानको उदेश्यले उक्त कार्यको शुरु गरिएको वडा अधयक्ष सचितानन्द केसीले बताए । वडा अध्यक्ष केसीले वडामा रहेका ११ सय घर धुरी सबैलाई घर घर धारा वितरण गर्ने गरी कार्य प्रारम्भ गरिएको बताए । ‘बनेपा नगरपालिकाको बजार बाहिर रहेका वडाहरुमा सहज खानेपानी वितरणका लागि विभिन्न निकायसँग समन्वयको भूमिका खेलिरहेका छौं’–वडा अध्यक्ष सचितानन्द केसीले भने–‘वडा नम्वर ६ को खत्रीगाउँमा २ सय घर परिवार, खहरे खोला पुर्वका बस्तिहरुमा रहेको ३ सय घरमा एक घर एक धाराको कार्यक्रम शुरु भएको छ ।’ काभ्रे क्याम्पस वरपर रहेको बस्तिका ३ सय घरमा पनि चालु वर्ष भित्र नै एक घर एक धारा कार्यक्रम सम्पन्नका लागि प्रकृयामा छ । बाँकी टोल रातमाटे, न्यौपाने टोल, राममन्दिर, भक्तेश्वर क्षेत्रलाई आगामी वर्ष प्राथमिकतामा राखेर कार्य सम्पन्न गरिने वडा अध्यक्ष केसीले बताए । त्यस कार्यका लागी उक्त डिपबोरिङ्गको पानि समेत एकिकृत गरी वितरण गरिने बताए । 
    खत्रीगाउँमा रहेका ७ वटा मुललाई एकिकृत गरिएको गरी सकिएको र थप पानीको श्रोतका लागि डिप बोरिङ्ग शुरु गरिएको केसीले बताए । डिप बोरिङ्ग सहित ८ वटा श्रोतको पानी उक्त ट्याङ्कीमा जम्मा गरिनेछ । टयाङ्की निर्माण, डिप बोरिङ्क र एकिकृत मुहान संरक्षणका लागि फरक फरक उपभोक्ता समिति बनेका छन् । डिप बोरिङ्क ३८ लाखमा कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको छ । उक्त खत्रीगाँउ खानेपानी डिप बोरिङ सप्लार्यस खानेपानी उपभोक्त समितिका अध्यक्ष अनन्त प्रसाद दाहालले आर्थिक वर्ष २०८०÷८१ मा १० लाखको योजना रहेको बताए । आगामी वर्ष बाँकी योजना र निमार्ण सम्पन्न गरिने दाहालले बताए । कार्यक्रममा वडा सदस्य लालकृष्ण तिमल्सिना, एकीकृत मुहान संरक्षण समितिका संयोजक कृष्णबुद्ध बजगाई, ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र थापाले लगायतले समयमै निर्माण कार्य सम्पन्न गरी उपभोक्ताहरुलाई गुणस्तरीय खानेपानी खुवाउन सबैको समन्वय आवश्यक रहेको बताएका थिए ।