2026 June 21/ 03:00: 09pm

बनेपा, काशिभञ्याङ्ग/बनेपा नगरपालिका वडा नम्वर ३ मा रहेको पर्यटयिक क्षेत्र काशीभञ्ज्याङ्गमा राखिएको नेपालको राष्ट्रिय झण्डा फेरिएको छ । निरन्तर हावा चलिरहने उक्त क्षेत्रमा राखिएको झण्डा हावाकै कारण च्यातिएको थियो । 
    झण्डा च्यातिएको सामाजिक सञ्जालबाट जानकारी पाए लगत्तै सोमबार विहान आर्शु स्मृति प्रतिष्ठानका अध्यक्ष रुपेश काफ्ले र काभ्रे प्रेसका अरबिन्द्र गौतमले च्यातिएको राष्ट्रिय झण्डा बदलिदिएका छन् । काभ्रे प्रेस र आर्शु स्मृति प्रतिष्ठिनले च्यातिएको झण्डा बदले पछि राष्ट्रियता, राष्ट्रिय झण्डा र त्यसको महत्वका बारेमा सरोकारवाला निकाय संवेदनशिल हुनु पर्ने बताए । प्रतिष्ठानले यस अघि बनेपा चार दोबाटोमा चार वटा राष्ट्रिय झण्डा बदलेको थियो । झण्डा च्यातिएको लामो समयसम्म झण्डा बदल्न कुनै निकाय तयार नभएको भन्दै अनेरास्ववियु काभ्रेले पनि सम्बन्धित निकायको ध्यानाकर्षण गरेको थियो । सामाजिक कार्यमा सक्रिय आर्शु प्रतिष्ठानले समुदाय र राष्ट्रको हितका लागि विभिन्न कृयाकलाप गर्ने बताए ।