2026 June 13/ 02:42: 29pm

बनेपा/महेन्द्र माध्यमिक विद्यालय साँगा एस.एल.सी. समुह २०५० का विद्यार्थीहरुको पुर्नर्मिलन कार्यक्रम गत शनिबार सम्पन्न भएको छ । 
पुनर्मिलन कार्यक्रममा संयोजक सुशिला श्रेष्ठले स्वागत मन्तब्य राखेकी  थिईन् । कार्यक्रममा पूर्व प्रध्यानाध्यापकहरु नन्द कुमार थापा, यादब थापा, पूर्व शिक्षक एवं  शिक्षा विभागका सह–सचिव दीपक शर्मा, केदारप्रसाद शर्मा, कमला कायस्थ, पारस काफ्ले, तेजबहादुर ढकाल, प्रेमराज शर्मा, टेक बहादुर वाल्मीकी शिक्षक सुरेन्द्र कायस्थ, विनय कायस्थ विब्यस अध्यक्ष माधव नारायण जोशी लगायतका ब्यक्तिहरुले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रममा महेन्द्र माविलाई सहयोग गर्न तथा पुर्नमिलन कार्यक्रमलाई निरन्तरता प्रदान गर्न सुशिला श्रेष्ठको संयोजकमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ ।
कार्यक्रम पूर्व प्रध्यानाध्यापक मोहन दुवालको सभापतित्वमा सम्पन्न भएको थियो ।