2026 August 20/ 12:30: 33am

      पनौती/टौखाल स्थित प्रदेशको उत्कृष्ट किन्डर गार्टेनको रुपमा विकास गर्ने उदेश्येले  स्थापना भएको  पुष्पाञ्जली किन्डरगार्टेन तथा तालिम केन्द्रमा वालमनोविज्ञान संग संवन्धीत अभिभावक लक्षिकत अन्तराष्ट्रिय बाल विकास कार्यक्रम ९क्ष्ऋम्ए० कार्यशालाको सुरुवात भएको छ ।
    जिल्लामै बिद्यालयस्तरमा पहिलोपटक सुरुवात गरिएको कार्यशालाको मूख्य उद्देश्य अभिभावकका साथै पूर्व प्राथमिक, प्राथमिक तथा माध्यमिक तहमा अध्यापन गराउने शिक्षकहरुलाई वालवालिकाहरुको संवेगात्मक भावना पहिचान गरी सोही अनुसारको सकारात्मक व्यवहार प्रदर्शन गर्न आवश्यक ज्ञान तथा शिप प्रदान गर्ने रहेको किन्डरगार्टेनका प्रध्यानाध्यापक रोजिना के.सि. ले बताईन् । ८ हप्ता सम्म संचालन हुने कार्यशालामा पनौती तथा वनेपाका अभिभावक तथा शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो  । प्रथम कार्यशालाको समुद्घाटन पनौती नगरपालिकाका उप प्रमुख गिता वन्जाराले गरेकी थिईन् । उक्त कर्याशालामा उप प्रमुख वञ्जाराले पनौती भेगमा गुणस्तरीय तथा प्रतिस्पर्घि किन्डरगार्टेनको आवश्यकता रहेको र सो आवश्यकतालाई पुष्पाञ्जली किन्डरगार्टेनले पुरा गर्ने विश्वास व्यक्त गर्दे नगरपालिकाले किन्डरगार्टेन विकासको लागि सहयोग गर्न तयार रहेको बताईन् ।