2026 June 06/ 02:46: 23pm

    धुलिखेल/नेपाल कृषि तथा भेटेरिनरी प्राबिधिक हक हित संरक्षण समिति जिल्ला कार्य समिती काभ्रेले प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 
    स्थानीय स्तरमा प्रवाह हुने कृषि प्रसार सेवालाई सहज र सरल तरिकाले कम लागत र समयमा कृषि प्रसार सेवाको पहुँच बढाउनुको साथै कृषि सेवा प्रदायक र सेवाग्राही जनताहरुको विचको दुरीलाई कम गर्दे जनउत्तरदायी शासकीय प्रणालीको विकासमा योगदान पु¥याउदै तालिम प्राप्त प्राबिधिकहरुलाई स्वदेश भित्रै रोजगारीको अवसर सृजनाको ग्यारेन्टी गरोस भन्ने उदेश्यले ज्ञापन पत्र बुझाईएको हो । 
    एक गाउँ एक कृषि तथा पशु सेवा प्राबिधिक संचालन निर्देशिका २०७३ बमोजिम विज्ञापन गरी लोकसेवा आयोगको मापदण्डका आधारमा छनौट भएर करारमा हाल स्थानीय तहमा खटिएर गएका एक गाउँ एक कृषि तथा पशु सेवा प्राबिधिकहरुलाई स्थानीय तहमा स्थायी दबबन्दी कायम गरी स्वतः स्थायी गरिनु पर्ने तथा तत्काल नेपाल निजामती सेवा ऐन परिमार्जनको चरणमा रहदाँ निजामती सेवा ऐनको दफा ८ मा राप.अनद्धि पद नरहने ब्यबस्था गर्न खोजिएकोले हाल सम्म प्राविधिक बिषयमा अध्ययन पुरा गरेका कृषि, भेटेरिनरी, अमिन लगाएतका प्राबिधिक पद कायम गरी खुल्ला बिज्ञापन मार्फत पद पुर्ती गरिनु पर्ने लगाएतका मागहरु राखिएको छ ।