2026 June 17/ 03:26: 34am

    धुलिखेल/राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसर पारी शहरी विकास तथा भवन कार्यालयको आयोजनामा धुलिखेलमा भुकम्पिय सचेतना, सुरक्षित संरचना विषयक अन्र्तक्रिया सम्पन्न भएको छ ।
    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार लगायले भवन निर्माण संहिता पालना गर्नु पर्ने बताउनु भएको थियो । जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, काभ्रे उद्योग बाणिज्य संघ तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको अन्र्तक्रिया कार्यक्रममा सहभागिता रहेको थियो ।