2026 June 16/ 08:59: 29pm

बनेपा/काभ्रे रोटरी क्लब अफ काभ्रेको आयोजनामा बनेपा नगरपालिका वडा नम्बर ३ मा रहेको शुभ चामुण्डा विद्यालयका विद्यार्थीहरुलाई र पिप्ले सल्लाघारी सुर्यबिनायक नगरपालिका भक्तपुर स्थित बाल शिक्षा सदन आवासीय माविमा स्टेशनरी, खाजा र टिफिन बक्स वितरण गरेको छ । 
रोटरी क्लब अफ काभ्रेका अध्यक्ष रुकमणी सिग्दलका अनुसार विद्यार्थीहरुलाई स्टेशनरी गरि टिफिन बक्स भित्र बिस्कुट, टूथपेस्ट र ब्रस, पानीका बोतल, कापी पेन्सिल, इरेजर, कटर आदि स्टेसनरी सामाग्री वितरण गरेको बताउनु भयो । दुवै विद्यालयका ८०–८० जना विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएको अध्यक्ष सिग्देलले बताउनु भयो । उक्त सामाग्री वितरण कार्यक्रममा पूर्व अध्यक्ष आदरणीय मानकाजी प्रधान कोषाध्यक्ष केशब बडाल, मेम्बरशिप कमिटी चियर सरिता शाक्य, पूर्व अध्यक्ष हिरा शर्मा, सुन्दर थापा, काभ्रे मिनि मार्टका प्रापाईटर रोशन श्रेष्ठ, उपाध्यक्ष श्याम तिमल्सिना लगायतले सहयोग गर्नु भएको जनाएको थियो । रोटरी क्लब अफ एक विशुद्ध सामाजिक संस्था भएकाले सामाजिक कार्य गर्नका लागी लागी परेको सिग्देलले बताउनु भयो । यसअघि पनि क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताउनु भयो ।