2026 June 16/ 06:20: 56pm

बनेपा/अखिल नेपाल महिला संघ बनेपा नगर अन्तर्गतका वडा भेलाहरु सम्पन्न भएको छन् । अनेम संघ बनेपा नगर ७ नम्बर वडा कमिटीको भेला नेकपा एमाले बनेपा नगर कमिटी संयोजक तथा नगर प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथी बादेले आगामी निर्वाचनमा पुनः नेकपा एमाले पुन बिजयी हुने बताउनु भयो । नेकपा एमाले निर्वाचित भएपछि २० वर्षमा हुन नसकेका विकासका कामहरु ४ वर्षमा सम्पन्न भएको बादेले बताउनु भयो । महिला दिदिबहिनीहरुलाई सिप विकास तालिम, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नगरपालिकाले धेरै प्रगति गरेको बादेले बताउनु भयो । कार्यक्रममा अखिल महिला संघ काभ्रेकी अध्यक्ष कमला काफ्ले, बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, अनेम संघ जिल्ला सचिव पवित्रा भुर्तेल, नेकपा एमाले बनेपा नगर ७ नम्बर वडा कमिटी संयोजक तथा वडा अध्यक्ष वर्ण शाक्य, नेकपा एमाले बनेपा नगर कमिटी सचिव सागर कपाली, उप सचिव सिताराम दाहाल, अनेम संघ बनेपा नगर कमिटी संयोजक राजन कुमारी बैदार, सचिव हिमानी श्रेष्ठ, एमालेका नेता रविन्द्र बैदार लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । भेलाले पुजा(चन्चला) हुमागाईको अध्यक्षतामा २१ सदस्य कमिटी चयन गरेको छ । 
त्यसैगरी अनेम संघ वडा नम्बर २ को संयोजकमा पार्वति घिमिरेको संयोजकमा नयाँ कार्यसमिति चयन भएको छ । वडा नम्बर ३ मा मैया दाहाल संयोजक, वडा नम्बर ४ मा मोहन माया श्रेष्ठ, वडा नम्बर ५ मा लिला कार्की वडा नम्बर ६ मा कविता थापा वडा ९ मा कमला अवाल, वडा नम्बर १० मा दौप्रदा खत्री वडा नम्बर ११ मा रुपा दाहाल रहनु भएको छ । अनेम संघको नगर भेला आगामी २२ गते शुक्रबार बनेपामा हुने नगर संयोजक राजनकुमारी बैदारले बताउनु भयो ।