2026 June 16/ 01:47: 11pm

    धुलिखेल/राष्ट्रिय धान दिवसको २०७८ को अवसर पारी पतञ्जली योग समिति भक्तपुर तथा हनुमन्ते सफाई अभियान भक्तपुरद्वारा आयोजित धान रोपण तथा गुर्जाे बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ । 
    संघीय संसदका पुर्व सासद  महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  बागमती प्रदेशका सांसद प्रतिमा श्रेष्ठ, सुर्यविनायक नगरपालिकाका उपप्रमुख एवं पतञ्जली योग समितिका केन्द्रिय सदस्य जुना बस्नेतले गुर्जाे अभियन्ता कमलबहादुर राजलवटलाई दोसल्ला ओढाई धानको माला तथा रुद्राक्षको माला लगाई दहीको टिकाले गुर्जोको अभियान घर घरमा पु¥याएकोमा बधाई र शुभकामना दिनु भएको थियो । गुर्जाे हरेक पाटी पौवामा गुर्जाेको निःशुल्क सेवाको अभियान चलाई सबैलाइ निरोगी बनाउने महाअभियानमा निस्वार्थ तथा निरन्तर सेवा गरेबापत अभियान्ता राजलवटलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा योग गुरु किशोरा जोशीले योगको माध्यमबाट स्वस्थ रहने सचेत गराउनु भएको थियो ।