2026 June 16/ 11:50: 10am

पनौती/राष्ट्रिय सहकारी महासंघले पनौतीमा पहिलोपटक सहकारी अनुगमन गरेको छ । 
 सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लि.को बैशाख ८ गते महासंघका अनुगमन अधिकृत अच्युतम थापाले उक्त सहकारीको अनुगमन गरेका हुन । कार्ययोजना अनुसार संस्थाका सल्लाहकार देव तामाङ, प्रमुख व्यवस्थापक गौतम प्रजापती, लेखा प्रमुख सृजना श्रेष्ठ, वरिष्ठ ऋण सहायक रुद्रबहादर बस्नेत, तथा अन्य कर्मचारीहरुको सहभागितामा अनुगमन अधिकृतले संस्थाको ऋण लगानी, सदस्य सेवा कार्यक्रम, सामाजिक सुरक्षा, कर्जा सुरक्षा, लेखा परिक्षण तथा संस्थाको नीतिबारेमा अनुगमन, अन्तरकृया तथा छलफल कार्यक्रम समेत गर्नु भएको थियो । अनुगमनपछि अन्तरकृया कार्यक्रममा अधिकृत थापाले महत्वपूर्ण तथा रचनात्मक सुझाव सहित सहयात्राले आगामी दिनहरुमा अब्बल, असल र सुशासिन संगठनको रुपमा आफूलाई समुदायमा उभ्याउन सक्ने शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।