2026 June 16/ 04:53: 14am

बनेपा/बनेपा नगरपालिका कृषि शाखाको आयोजनामा माटोको नमुना संकलन तालीम तथा माटो परिक्षण शिबिर कार्यक्रम सम्पन्न भएको छ । 
कषिशाखा प्रमुख मुकुन्द केसीका अनुसार पहिलो चरणमा बनेपा नगरपालिका वडा नम्बर १, २, ३ र ४ का कृषकहरुको माटो संकलन गरी परिक्षण गरीएको बताउनु भयो । माटोमा भएको अम्लियपना , पदार्थको मात्रा, पोटास, फस्फोरसको कारण अन्नबालि कम उब्जनी भएका कारण उक्त परिक्षणपछि कृषकहरुलाई कृषि चुन वितरण गरिने केसीले बताउनु भयो । उक्त माटो परिक्षण सगै कृषिकहरुलाई तालिम समेत प्रदान गरिएको थियो । शाखा प्रमुख केसीले बाकि वडाहरुमा छिटै माटो परिक्षण गर्ने बताउनु भयो । शाखाले कृषकहरुलाई गोठ सुधार, धानको विउ वितरण, धान चुट्टने मेशिन वितरण, टनेल प्लाष्टिक वितरण, मकै छोडाउने मेशिन, साना सिंचाई,बजारीकरण लागी कौशी खेती तालिम, हाते टयाक्टर वितरण जस्ता कार्यक्रम रहेको बताउनु भयो । शिबिरमा १ सय ७५ माटोको स्याम्पल परिक्षण गरिएको बताएको छ ।