2026 June 16/ 01:46: 53am

बद्री प्रसाद तिमल्सिना/धलिखेल 
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेको आयोजनामा कृत्रिम गर्भाधान सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा सम्पन्न भएको छ । 
अन्र्तक्रियामा सहभागीहरुले गाउँगाउँमा पशुपालक कृषकहरुले पशुहरुका लागि कृत्रिम गर्भाधान  सहज भएको बताएका थिए । अन्र्तक्रिया कार्यक्रममा भेटेरीनरी अस्पतालका पशु विकास अधिकृत राजकुमार हुमागाईले कृत्रिम गर्भाधान हुन प्रयोग गरिएको वीर्यको क्षमताको गुणस्तर, गर्भाधान गर्नुभन्दा पहिले गरिएको पूर्व तयारी ऋतुको चक्रको उपयुक्त समयमा गरिएको गर्भाधान, उपयुक्त ठाउँमा वीर्यको निशेचन पाठेघरमा प्रयोग गरिएका औजार, उपकरणहरु उचित निर्मलीकरण तथा निसङ्क्रमण अघिको उपयुक्त माखे साङलो मिले नमिलेकोमा भर पर्न सक्छ  यी मध्ये कुनै एकमा हुने त्रुटिले पशुमा कृत्रिम गर्भाधानमा बाँझोपन बढ्न सक्ने बताउनु भयो ।  कार्यक्रममा  जिल्लाका १३ वटा तहका शाखा प्रमुख हरु र कृत्रिम गर्भाधान गराउने प्राविधिकहरुको सहभागिता रहेको थियो । अन्र्तक्रिया कार्यक्रमको सभापतित्व भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. मगोलप्रसाद शाहले गर्नु भएको थियो ।