2026 June 16/ 02:46: 39am

नाला/श्री सपनेश्वर माध्यमिक विद्यालयको ५८ औ वार्षिक उत्सब, अभिभावक दिवस, एसईई विदाई तथा कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख बादेले विद्यालयमा सम्पुर्ण सुविधा हुँदा हुँदै पनि सामुदायिक विद्यालयको शैक्षिकस्तर झनै खस्किदै गएकोमा चिन्ता ब्यक्त गर्नु भएको थियो । भुकम्प पछि भत्केका सम्पूर्ण विद्यालयका भवनहरु निर्माण सम्पन्न भएपनि विद्यार्थीहरुको सख्या घट्दै गएकोले सबै अभिभावक, शिक्षक विद्यार्थीहरुले ध्यान दिनुपर्ने बताउनु भयो । विद्यार्थीहरुका लागी नेपाल सरकारले कक्षा ५ सम्म निःशुल्क दिवा खाजा, कक्षा ७ भन्दा माथीका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड निःशुल्क पुस्तक, भर्ना, लगायतका सुविधा दिएकाले गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताउनु भयो । सम्पुर्ण बालबालिकाहरुलाई अनिवार्र्य विद्यालय पठाउन अभिभावकहलाई आग्रह गर्दै वादेले शिक्षा विना समाज नै अन्धो हुने बताउनु भयो । कार्यक्रमका विशेष अतिथी बनेपा नगरपालिका कार्यपालिका सदस्य प्रमिला पाण्डे, पूर्व प्रध्यानाध्यापक प्रल्हाद लामिछाने, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष गंगा प्रसाद लामिछाने, एसईई उतिर्ण विद्यार्थी रोनिशा दुलाल लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रधानाध्यापक महेश लामिछानेले राख्नु भएको थियो । कार्यक्रममा एसइर्ई उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम गरेका थिए । कार्यक्रमको सभापतित्व विद्यालय ब्यबस्थापन समिति अध्यक्ष केदार लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।