2026 June 16/ 12:56: 50am

विकास तिमल्सिना/सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत कार्यान्वयनको माग गर्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभ्रेले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएको छ ।
सरकारले लकडाउन पुर्ण रुपमा अन्त्य गरी सार्वजनिक यातायात क्षेत्रलाई साविक झैं संचालनको अनुमति दिदा समेत विद्यार्थी सहुलियत नदिइएको भन्दै जिल्ला संयोजक उपेन्द्र शर्मा लगायत विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेको ध्यानाकर्षण गराएका हुन् । यस किसिमको हर्कतले विद्यार्थी आन्दोलन र बलिदानीबाट स्थापित विद्यार्थी अधिकार कुण्ठित हुनुका साथै कानुनको उपहास भएको समेत ज्ञापन पत्रमा उल्लेख छ । अनेरास्ववियुले विद्यार्थी संगठन र यातायात व्यवसायीबिच तत्काल वार्ताको वातावरण बनाउन र राज्यले दिएको विद्यार्थी सहुलियत कार्यान्वयन गराउन माग गरेको छ । यस्तै कार्यान्वयन भए÷नभएको अनुगमन गर्न÷गराउन पनि अनेरास्ववियुको माग गरेको छ ।