2026 June 15/ 05:14: 51pm

पनौती/काभ्रेपलान्चोक ।
               नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ काभ्रे द्वारा आयोजना भएको पनौती नगर भेला सम्पन्न भएको छ ।
         जिल्ला अध्यक्ष रघु कपालीको सभापतित्व तथा प्रमुख अतिथी महासंघ अध्यक्ष राम कृष्ण श्रेष्ठ, विशिष्ट अतिथी बागमती प्रदेश सदस्य माननीय बसुन्धरा हुमागाई, महासंघ सह कोषाधक्ष्य प्रेम महर्जन, राष्ट्रिय प्रशिक्षक मिलन नेपाली, मानार्थ सदस्य सानू काजी थापा, काभ्रे महिला उध्यमी अध्यक्ष अनुपमा पाण्डे, लगायत जिल्लाका पदाधिकारी सदस्य, पनौती नगरपालिका भित्रका ब्यवसायिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
         भेलाबाट गायत्री महाजुको अध्यक्षतामा सर्वसम्मत रुपमा नौ सदस्यीय नगर समिति चयन भएको छ । जसमा उपाध्यक्ष ललिता न्यौपाने, सचिव शिव नेपाली, सहसचिव नानुमाया श्रेष्ठ, कोषाध्यक्ष सुनिल श्रेष्ठ र सदस्यहरुमा भुवन नेपाली, सुमन सुन्दास, राजकुमार नेपाली, दिपेन्द्र परियार र रामशरण नेपाली रहेका छन् भने सल्लाहकारमा सानुकाजी र सुदर्शन रहेका छन् ।