2026 June 15/ 03:43: 00pm

    बनेपा/पतञ्जली योग समिति काभ्रे बनेपाले उद्घोषण तथा प्रभावकारी भाषण तालिम आयोजना गरेको छ । पतञ्जली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोबिन तौजलेले तालिमको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि तौजलेले दैनिक योग अभ्यास र प्राणायामले सम्पूर्ण रोगहरुको निदान हुनुको साथै विश्वमा देखा परेको महामारी कोभिड १९ (कोरोना) रोगबाट समेत संक्रमण हुन नसक्ने भएको हुनाले योग अभ्यासलाई गाउँ–गाउँसम्म पु¥याउने लक्ष्यलाई यो तालिमले सहयोग पु¥याउने र योग शिक्षकहरुको व्यक्तित्व विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
पतञ्जली योग काभ्रेका महामन्त्री प्रकाश कायष्ठबाट प्रशिक्षर्थीहरुलाई प्रशिक्षण गरिएको कार्यक्रममा पतञ्जली योग समिति बाग्मती प्रदेश सदस्य सरिता शाक्य, महिला अध्यक्ष अञ्जना श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ, पतञ्जली योग जिल्ला उपाध्यक्ष हरिशरण श्रेष्ठ, पंतजली योग संगठन मन्त्री श्याम श्रेष्ठ, पतञ्जली योग समिति भक्तपुर जिल्ला अध्यक्ष केदार खड्का र सल्लाहकार ईन्दिरा तौजलेले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व पतञ्जली योग समिति काभ्रेका अध्यक्ष दमनकुमार श्रेष्ठले गर्नुभएको कार्यक्रममा पतञ्जली योग समितिका पदाधिकारी, समिति सदस्य र योग शिक्षकहरुलाई उद्घोषण भाषणको सीप तथा कलाहरुबारे प्रशिक्षण प्रदान गरिएको योग साधक मिलन श्रेष्ठले जानकारी दिनुभयो ।