2026 June 15/ 01:18: 57pm

धुलिखेल/वाटरएड नेपालको सहयोगमा चौरीदेउराली गाउँपालिका कार्यालयको समन्वयमा स्थानीय साझेदार सिविक फोरम, काभ्रेपलाञ्चोकको सहजिकरणमा संचालित "Hygiene Behaviour Change Coalition (HBCC)" परियोजना अन्तर्गत चौरीदेउराली गाउँपालिकामा २०७७ साउन ३२ गते र भदौ १ गते २ दिने झोल सावुन बनाउने तालिम संचालन सम्पन्न गरेको छ । तालिममा ९ वटै वडाहरुको पुरुष १० जना र महिला २२ जना गरी जम्मा ३२ जनाको सहभागिता रहेको थियो । सो तालिम लिएका व्यक्तिहरु मध्येबाट गाउँपालिकाले छनौट गरेको एक जना व्यक्तिलाई झोल सावुनको व्यवसायिक उत्पादन शुरुवात गर्नको लागि परियोजनाबाट ३० हजार वरावरको सामग्रीहरु उपलब्ध गराउने सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले बताउनुभएको छ ।