2026 June 15/ 08:16: 07am

बनेपा/मण्डन देउपुर नगरपालिकाले रेडक्रस काभ्रे शाखाको भवन निर्माणका लागि १० लाख रुपैया उपलब्ध गराएको छ । चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएका आधारमा नगरपालिकाले अघिल्लो कार्य समितिसँग ब्यक्त गरेको प्रतिवद्धता अनुरुप भवन निर्माण कार्यका लागि १० लाख रुपैया उपलब्ध गराएको हो । 
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको नवनिर्मित भवन तथा असहाय रक्तकोष स्थापना गर्न मण्डन्देउपुर नगरपालिकाबाट नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको तत्कालीन कार्यसमितिको पहलमा स्विकृत गरेको रकम मध्ये १० लाखको चेक सयोजक समुन्द्रलाल श्रेष्ठ  तथा तत्कालिन सभापति रघुबर चौ प्रधानलाई नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा र उपप्रमुख निर्मला शाहीले हस्तान्तरण गर्नु भएको थियो । उप प्रमुख, वडाध्यक्ष लगायत सम्पूर्णमा रेडक्रस काभ्रेले धन्यवाद ब्यक्त गरेको छ ।