2026 June 15/ 04:48: 20am

उद्धबप्रसाद अधिकारी/पाँचखाल
     पाँचखाल नगरपालिका ५ तिनपिप्लेमा बसोबास गर्दै आउनु भएका आईतमाया तामाङको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उनको जीवन रक्षाको लागी परिवारले सहयोगको अपिल गरेका छन् ।
आर्थिक अबस्था निकै कमजोर भएपछि विभिन्न संघ संस्था र ब्यक्तिहरु सँग सहयोगका लागी अनुरोध गरिएको मृगौला पीडितका बुबा कृष्णबहादुर तामाङले बताउनु भयो । कोरोनाको कारणले काम गर्ने अबस्था समेत नभएकाले घरमा खानाको समेत समस्या परेकाले छोरीको उपचारत परको कुरा भयो तामाङले भन्नुभयो । पीडितको उपचारका लागी धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, धुलिखेल अस्पताल, विर अस्पताल, विभिन्न सघं सस्थाहरु, पाँचखाल नगरपालिकाका वडा अध्यक्षहरु, पाँचखाल निवास सन्तोष सेढाईले २० हजार, सुर्य बहादुर श्रेष्ठ, तिनपिप्ले युवा क्लबका अध्यक्ष सरोज धिताल, जगतलाल राजबाहक लगाएतले आर्थिक सहयोग गरेका छन् । मृगौला पिडितलाई सहयोगका लागी निजलाई ९८२८९६७२५४ मा सप्पर्क सहयोग गर्न सकिने जनाईएको छ ।