2026 June 15/ 03:09: 17am

    पनौती/पञ्चकन्या डिलर्सले धुलिखेल अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना मार्फत कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री अस्पताललाई उपलब्ध गराइएको हो ।
पञ्चकन्या डिलर्सको काभ्रेका लागि आधिकारी विक्रेता पञ्चकन्या ट्रेडर्स बनेपा र सैंजु ब्रदर्श पनौतीले अस्पतालका लागि बुथ १ वटा र २ हजार सर्जिकल मास्क उपलब्ध गराएका हुन् । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिमल्सिना, नेपाली सेना विष्णुदल गण धुलिखेलका गणपति कर्णेल सुबास खड्का, सशस्त्र प्रहरी एसपी पुरुषोतम थापा, काभ्रे प्रहरी प्रमुख एसपी रविकुमार पौडेल, राष्ट्रिय अनुसन्धान काभ्रेका प्रमुख सरोज सिटौला, उद्योग वाणिज्य संघ काभ्रेका महासचिव कैलाश पलाञ्चोके, सैंजु ब्रदर्श पनौतीका प्रोपाइटर राजेशसुन्दर शैंजु, पञ्चकन्या ट्रेडर्स बनेपाका अमरनाथ वादे श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
    स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दैे पञ्चकन्या डिलरका प्रोपाईटर राजेश सुन्दर सैंजुले सामाजिक दायित्व अन्र्तगत सहयोग गरिएको बताउनु भयो । करिब १ लाख बराबरको स्वास्थय सामाग्री प्रमुख जिल्ला अधिकारी तिमल्सिना मार्फत धुलिखेल अस्पताललाई हस्तान्तरण गरिएको सैंजुले बताउनु भयो ।