2026 June 14/ 11:41: 20pm

बनेपा/अनेरास्ववियु जिल्ला कमिटी काभ्रेले विपन्न ४० परिवारलाई राहत वितरण गरेको छ । 
कोविड १९ अथार्त कोरोनाको संक्रमण फैलन नदिन सरकारले लगाएको लकडाउनबाट काम गर्ने बाताबरण नभए पछि बिहान बेलुका छाक टार्न समस्यामा परेका बनेपा नगरपालिका वडा नम्बर ९ अन्र्तगत राजदास मार्ग, राजदास सहायक मार्ग, आजाद मार्ग, आजाद सहायक मार्गमा बसोबास गर्ने मजदुरहरुलाई प्रति परिवार १० केजी चामल, १ केजी दाहाल, तेल, नुन र एउटा साबुन वितरण गरिएको अनेरास्ववियु काभ्रेका अध्यक्ष उपेन्द्र शर्माले वताउनु भयो । राहत वितरणमा अनेरास्ववियु केन्द्रिय सचिबालय सदस्य जेनिस लामा, केन्द्रिय सदस्य शालिकराम पराजुली, यूवा सघं सदस्य श्याम चौलागाई, बनेपा नगरकमिटी अध्यक्ष रत्न श्रेष्ठ, अनेरास्ववियु काभ्रेका जिल्ला सदस्य सुमन जैरु, विद्यार्थी नेता मुकुन्द लामिछाने लगायतको सहभागिता रहेको थियो । राहत वितरण आजाद टोल सुधार समिति मुकुन्द दाहालको संयोजनमा भएको थियो ।