2026 August 22/ 10:08: 26am

जनताको स्वास्थ्यमा हेल्थ केयरको चासो
    टुकुचा/टुकुचा युवा क्लब, बुडोल सामुदायिक साकोस, पुण्यवती नारी चेतनाको आयोजना तथा बनेपा हेल्थ केयरको प्राबिधिक सहयोगमा एवं उग्रचण्डी पार्टी भेन्युको ब्यबस्थापन नालामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
 आम सर्वसाधारणमा  विभिन्न कारणले स्वास्थ्य सेवा पाउनबाट बन्चित भएका छन् उनिहरूलाई समेत स्वास्थ्यको बारेमा जनचेतना तथा स्वास्थ्य सेवा दिने प्रमुख उदेश्यका साथ समुदायमा गई स्वास्थ्य सेवा दिईएको बनेपा हेल्थ केयरका ब्यबस्थापक जितेन्द्र थापाले बताउनु भयो । निशुल्क स्वास्थ्य शिविरमा बाथ रोग विशेषज्ञ डाक्टर बिनय रेग्मी, जेनेरल फिजिसियन डाक्टर सन्जिव शाह लगायतको टिमले करिव २ सय ३५ जना बिरामीको निशुल्क स्वास्थ्य जाचको साथै निशुल्क औषधी समेत उपलब्ध गरिएको थियो ।
 अहिले नसर्ने रोगका रुपमा बड्दै गएको मधुमेह ९चनी रोग० को जाँच निशुल्क रुपमा गरिएको थियो भने ५६ जना मधुमेह देखिएका बिरामिहरुको ज्दबज्ञऋ ६ र ९ महिना देखिको ग्लुकोजको मात्राको निशुल्क परिक्षण समेत गरिएको थियो । विविध विशेषज्ञ डाक्टरहरु द्वारा विशेषज्ञ सेवा दिइरहेको बनेपा हेल्थ केयरले आउने दिनहरुमा पनि यस्ता निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु संचालन गरिरहने ब्यबस्थापक जितेन्द्र थापाले जानकारी दिनुभयो ।