धुखिलेल/धुलिखेल उद्योग बाणिज्य सघंको ३१ औ वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासघंका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
प्रमुख अतिथी श्रेष्ठले अहिले देखिएको अर्थतन्त्रले ब्यसायीहरुलाई समस्या परेको बताउनु भयो । बैकहरुले ब्याज बढाएको, ब्यपार ब्यबसायमा मन्दी आएको, विकास खर्च हुन नसकेको लगाएतका समस्याहरुले ब्यसायीहरु संकटमा पर्दै गएको श्रेष्ठले वताउनु भयो । श्रेष्ठले सरकारले ब्यबसायीहरुका समस्या समाधान तर्फ नलाग्ने हो भने धेरै उद्योगहरुमा ताला लाग्ने अबस्था आएको बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, काठमाडौ विश्व विद्यालयका उप कुलपति डा. भोला थापा, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनार, नेपाल उद्योग वाणिज्य महासघंका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासघंका वागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, जिल्ला समन्वय उप प्रमुख रिम बहादुर तामाङ, धुलिखेल नगरपालिका उप प्रमुख निराजन जंगम, काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष राजेन्द्र पसंछे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सघंको वार्षिक प्रतिबेदन महासचिब कोमलसुन्दर श्रेष्ठले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष बुद्धकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सघंका अध्यक्ष मन्जुकुमार कोंजुको सभापतित्वमा सम्पन्न भएको थियो । सघंको बन्द सत्रले नयाँ कार्य समितीको चयन गर्ने जनाएको छ ।









