2026 August 28/ 04:23: 38pm

बनेपा/आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेड आयोजना र रेयुकाई मासुनागाँ आँखा अस्पतालको प्राविधिक सहयोगमा १ दिने निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । 
बनेपा सरस्वती आधारभुत विद्यालयमा आयोजना गरिएको उक्त शिविरको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्यले गर्नु भएको थियो । शाक्यले सहकरीहरु प्रति समाजमा बड्दै गएको वितृष्णा प्रति यस्ता सामाजिक कार्यहरुले तिनलाई मेटाउने धारण राख्नु भयो । एक दुई वटा सहकारीले गलत काम गर्दैमा सबै सहकारीहरुलाई मुछ्न नहुने शाक्यको भनाई रहेको थियो । आभाष साकोसले विभिन्न समयमा समाजिक कामहरु गर्दै आएको र यस्ता कार्यलाई निरन्तरता दिन शाक्यले सुझाव दिनु भएको थियो । संस्थाका अध्यक्ष दिनेशराज कायस्थले सहकारीले रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविर, राहत वितरण सुत्केरी भेटघाट र सहकारीको स्थापनाका दिन र नयाँ वर्षका दिन शिरमेमोरियल अस्पताल बनेपामा पहिलो जन्मिने छोरीलाई नगद सहित सम्मान गर्दै आएको बताउनु भयो । संस्थाले आर्थिक कारोबार मात्रै हैन सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सुभाष वैद्यले जानकारी दिनुभयो । शिविरमा सञ्चालक सदस्य तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो । शिविरमा १ सय ८७ जनाले आँखा जाँच गराउनु भएको थियो भने १० जनाको अपरेसन गर्नुपर्ने देखिएको जनाएको छ ।