2026 August 28/ 03:40: 04pm

बनेपा /  गणेशचोक परोपकार समुहको आठौं बार्षिक साधारण सभा सस्थाका अध्यक्ष ठाकुर बजगाईको सभापतित्वमा तथा बनेपा नगरपालिकाका प्रशासकिय अधिकृत धुर्वराज नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको छ । 
साधारण सभा बाट अध्यक्षमा ठाकुर प्रसाद बजगाई, उपाध्यक्ष राम प्रसाद तिमलसिना, सचिब बाबुराम घिमिरे,  उपसचिब रामचन्द्र भट्टराई , कोषाध्यक्ष मीन बहादुर थापा, सदस्यहरु  कैलास तिमल्सिना, केशबमणि पौडेल, समिता पन्त, सुरेन्द्र सापकोटा, नबिना नौपाने र सरिता महत  सरिता महत,  निर्बिरोध निर्बाचित हुनभएको छ । साधारण सभामा प्रमुख अतिथती धुर्वराज न्यौपानेले यो अति अवश्यक भएको यसलाई पछि सम्म निरन्तरता दिन समितीलाई आग्रह गर्नु भएको थियो । आफ्नो धर्म सस्कृति रितिरिवाज अनुसार उक्त कर्म गर्नका लागी उक्त समितीले सहजिकरण गर्ने र आवश्यकलाई उक्त स्थानमा काम गन दिदिै आएकोको धन्यबाद दिनस भएको थियो । समय र परिस्थिती अनुसार सबै मानिसको घरमा ठाँउ उपयुक्त नहुने भएकाले उक्त परोपकार समुहको भवनमा उपयुक्त र चाहिले सम्पुर्ण सामाग्री उपलब्ध गराउदै आएको जानकारी दिईएको थियो । सभामा समुहको वार्षिक प्रतिबेदन सचिब बाबुराम घिमिरेले आर्थिक प्रतिबेदन कोषाध्यक्ष मिन बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।