2026 August 28/ 02:38: 43pm

बनेपा/समाज डेन्टल बनेपा शाखाले काभ्रे माध्यमिक विद्यालयका विद्यार्थीहरुको निःशुल्क दन्त परिक्षण गरेको छ । 
समाज डेन्टल बनेपाका शाखा प्रामख सञ्जीव ढुङ्गेलले डेन्टलले सामाजिक कार्य अन्र्तगत उक्त दन्त परिक्षण गरेको बताउनु भयो । जिल्लामा रहेका अन्य विद्यालय तथा कलेजमा र विभिन्न पालिकामा समेत दन्त शिविर गर्ने योजना रहेको बताउनु भयो । काभ्रे माध्यमिक विद्यालयमा रहेका विद्यार्थीहरुलाई दन्त परिक्षण गरेको प्रिन्सिपल कुमार मानन्धरले बताउनु भयो । समाज डेन्टलको सहयोगमा उक्त दन्त परिक्षण भए पछि विद्यार्थीहरुलाई थप स्वास्थ्य परिक्षण गर्ने मानन्धरले बताउनु भयो । मानन्धरले सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहकार्य गर्ने बताउनु भयो ।