2026 October 17/ 12:05: 43am

          बनेपा/निष्ट कलेजको वार्षिक कार्यक्रम अन्तर्गत वार्षिक खेलकुद सप्ताह २०८३ असोज २६ बाट कलेज प्राङ्गणमा  सुरु भएको छ । 
विद्यार्थीहरूको खेलकूद प्रतिभा उजागर गर्ने, शारीरिक तथा मानसिक विकासमा सहयोग पु¥याउने र आपसी सद्भाव तथा सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले कलेजले प्रत्येक बर्ष खेलकुद सप्ताहको आयोजना गर्दै आएको प्रशासन प्रमुख पुण्य कट्टेलले बताए ।  खेलकूद प्रतियोगिता अन्तर्गत चेस, टेबलटेनिस र क्यारिम बोर्ड शुरुको दिनमा आयोजना गरिएको थियो । 
        त्यसैगरी, २७ गते नाला फुटसलमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । खेलकूद सप्ताह अन्तर्गत असोज २८ गते ई–स्पोट्र्स विधाका फ्री फायर र ई–फुटबल प्रतियोगिता सम्पन्न भएका छन् । आधुनिक प्रविधिमा आधारित खेलकुद प्रति विद्यार्थीहरूको रुचिलाई समेत समेट्दै विभिन्न विधामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
त्यसैगरी, असोज २९ गते रिले दौड, ४०० मिटर दौड, बास्केटबल तथा खो–खो प्रतियोगिता सञ्चालन हुने कार्यक्रम रहेको छ । विभिन्न खेल विधामार्फत विद्यार्थीहरूको शारीरिक क्षमता, अनुशासन, नेतृत्व विकास र समूहमा मिलेर काम गर्ने सीप अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । खेलकूद सप्ताहको अन्तिम दिन असोज ३० गते दशैं विशेष कार्यक्रम समेत आयोजना गरिने कलेजले जनाएको छ । कलेजको वार्षिक खेलकूद सप्ताहले विद्यार्थीहरूमा अध्ययनसँगै खेलकुदप्रतिको रुचि बढाउन, प्रतिभा पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने प्रिन्सिपल दिपक भट्टले बताए ।