2026 August 20/ 10:32: 42pm

    बनेपा/गौतम बन्धु राष्ट्रिय समाज जिल्ला समिति काभ्रेको जिल्ला भेला तथा प्रथम अधिवेशनबाट जयभद्र गौतमलाई अध्यक्षको जिम्मेवारी सुम्पेको छ । 
    त्यस्तै उपाध्यक्षमा झम्कप्रसाद गौतम, सचिव यदुनाथ गौतम, कोषाध्यक्ष सुरेश गौतमलाई छनौट भएका छन् । कार्य समितिमा परशुराम गौतम, रामचन्द्र गौतम, राजन गौतम, नन्दिप्रसाद गौतम, एकलक्ष्मी गौतम, लेखनाथ गौतम र माधवप्रसाद गौतम रहेका छन् । गौतम बन्धु राष्ट्रिय समाज केन्द्रीय समिति तथा बागमती प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं पूर्वगृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यता रहेको थियो । गौतम बन्धुहरूको मूल थलो गोतामकोट मानिन्छ । यही समुदायले २०७९ सालमा केन्द्रीय समिति गठन गरेको थियो । त्यसयता विभिन्न जिल्लामा जिल्ला तथा स्थानीय समितिहरू गठन गर्दै गौतम बन्धुहरूको एकता, सहकार्य र सहभागिता विस्तार हुँदै आएको आयोजकले जनाएको छ ।
    कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष शोभाकर गौतम, संस्थापक अध्यक्ष विदुर गौतम, बागमती प्रदेश समितिका पदाधिकारी, केन्द्रीय समितिका पदाधिकारी तथा जिल्लाका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरूको सहभागिता रहेको थियो । देशका विभिन्न स्थानबाट आएका गौतम बन्धुहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेश समितिका उपाध्यक्ष शिव गौतमले स्वागत मन्तव्य राखेका थिए । 
    अधिवेशनले काभ्रेका विभिन्न पालिकामा रहेका गौतम बन्धुहरूलाई संगठित गर्दै सामाजिक एकता, सहकार्य र आपसी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।