2026 August 18/ 09:12: 56am

     भुम्लु/नेपाल कम्युनिष्ट पार्टी एमाले भुम्लुमा ‘मिसन जरा’ अभियान शुरु भएको छ । भुम्लु गाउँपालिका ७ फलाँटेबाट एमाले नेता प्रेम लामाको प्रमुख आतिथ्यतामा जरा अभियान प्रारम्भ भएको हो । कार्यक्रममा वडा कमिटी अध्यक्ष सुशन लामाको अध्यक्षता रहेको थियो ।
    कार्यक्रममा गाउँपालिका कमिटी अध्यक्ष चन्द्रबहादुर लामा, सचिव रमन तामाङ, लेखा संयोजक एवं वडा अध्यक्ष रमेशराज खरेल, अखिल नेपाल महिला संघ भुम्लु अध्यक्ष विमला पराजुली, पालिका कमिटी सदस्यहरु, निर्वाचित सबै वडा सदस्य र पार्टीका विभिन्न जनसंगठमा आवद्द नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जरा अभियानमा पुराना तथा अग्रज नेता कार्यकर्तालाई सक्रिय बनाउने, नयाँ कार्यकर्तालाई प्रोत्साहन र प्रक्षिशित गर्दै संगठित गर्ने उद्देश्यका साथ तल्लो तह देखि शुरु भएको अभियान भुम्लुका सबै वडामा संचालन हुनेछ । 
    चैतको पहिलो हप्ता सम्ममा सम्पन्न हुने गरि शुरु गरिएको यो अभियानमा सक्रियतापुर्वक नेता कार्यकर्ताहरुलाई सहभागि हुन गाउँपालिका सचिव रमन तामाङले जानकारी दिए । कार्यक्रम मार्फत विकास निर्माणमा हालको अवस्था, अनुगमन तथा नयाँ योजनाहरु टिपोट गरि विकासका योजनाको सुची तयार गर्ने र जनतासँग अन्तरक्रिया गरि सामाजिक रुपान्तरण लागि एकताको सन्देश प्रवाह हुने विश्वास गरिएको छ । अभियानमा जनताको बहुदलिय जनबादको जगमा भुम्लुलाई समृद्दीको बाटोमा डोहो¥याउन मद्दत पुग्ने र एमालेको नेतृत्वमा विकास निर्माणका कामहरु तिब्र गतिमा अघि बढ्ने नेता प्रेम लामाले बताए ।