2026 August 19/ 01:12: 54am

    जनागाल, बनेपा/नाईटिङ्गेल एकेडेमी बनेपाले खेलकुद सप्ताह २०१८ को शुभारम्भ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी ज्ञानबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितकारले गरेका थिए । 
    कार्तिक ७ गते शुरु भएको खेलकुद सप्ताह कार्यक्रममा १६ वटा विद्याका खेलकुदहरु समावेश गरिएको छ । भलिबल, फुटबल, पौडी, एथलेटिक्टस लगायतका विभिन्न विद्याका खेलमा विभिन्न तहका विद्यार्थीहरु सहभागि हुनेछन् । विद्यार्थीहरुलाई अध्ययनसँगै उनिहरुको शारिरीक र मानसिक विकासका लागि स्वस्थ प्रतिस्पर्धा गर्न सहज बनाउने उदेश्यले अतिरिक्त कृयाकलाप अन्र्तगत सप्ताहब्यापी कार्यक्रम आयोजना गरिएको अध्यक्ष रत्नकुश रञ्जितकारले बताए । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहका बारेमा जानकारी गराउँदै विद्यार्थीहरुलाई अनुशासनमा रहेर प्रतिस्पर्धा गर्न, हार जित जे भए पनि स्विकार गर्न सक्ने बानीको विकास गर्न सुझाव दिएकी थिईन् । कार्यक्रममा अतिरिक्त कृयालाप इन्चार्ज बिक्रम प्रजापतिले समग्र विद्यार्थीहरुलाई विभिन्न विधामा सहभागी भई प्रतिस्पर्धा गर्न अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी डिएस्पी ज्ञानबहादुर खड्काले विद्यार्थीहरुलाई असल चरित्र निर्माण गर्न सहज हुने गरी प्रतियोगिता आयोजना गरेकाले सफलताको शुभकामनाका साथै विद्यार्थीहरुले आगामी दिनमा खेलकुदको माध्यमबाट राष्ट्र तथा अन्र्तराष्ट्रिय स्तरमा नाम राख्न शुभकामना दिए ।