बनेपा/बनेपा नग नम्बर ५ को आयोजनानमा वडा कार्यलयमा आत्महत्या न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।
वडा अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय बनेपाका बरिष्ठ असई, पतंजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, शिरमेमोरियल अस्पतालका पुकार श्रेष्ठ, वडा सचिव राजु खत्री, वडा सदस्यहरु, शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो । अभिमुखीकरणमा वडा अध्यक्ष बलराम अधिकारीले आत्महत्या रोकथाम तथा नियन्त्रणको एउटा राष्ट्रिय नीति ल्याउनुपर्ने र बढीभन्दा बढी हेल्पलाइनहरू स्थापना गर्नु पर्ने मानिसहरूलाई बढी जनचेतना जगाउनु पर्ने बताए । अधिकारीले आत्महत्याको सोच आउनु, मानसिक तनाव र डिप्रेसनको लक्षण देखिनुलाई अब मलाई मानसिक रोग लाग्यो र मैले जीवनभर औषधि खानुपर्छ, केही गर्न सक्दिन भन्ने ढङ्गबाट सोच्नुको साटो समयमा नै उपचार गरायो भने यसलाई हामी नियन्त्रण गर्न सक्छौँ भन्ने धारणा हामीले समाजमा स्थापित गराउनु पर्ने बताए । अभिमुखीकरण पछि वडा अध्यक्ष बलराम अधिकारीको संयोजकोत्वमा कार्यदल गठन गरेको छ । जसको कार्यदलमा ईलाका प्रहरी कार्यलको प्रतिनिधी, हेल्थपोष्ट ईन्चार्ज, पतंजली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थ, हिमालय मावि, आजाद मावि, शिरमेमोरियल अस्पताल, लगायतका संघसंसथाका प्रतिनिधीहरु रहेका छन् । अभिमुखीकरणको सहजीकरण ईलाका प्रहरी कार्यालय बनेपाले गरेको थियो ।





