2026 August 19/ 05:38: 02am

महाभारत/महाभारत ८ मगर भाषाको संरक्षण, उत्पति बिकास, ईतिहास र यसको वंशावलीको बारेमा घर्तिछापमा अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
    नेपालमा जनजातीहरु मध्ये सबैभन्दा धेरैको संख्यामा रहेको मगर समुदायको भाषा, धर्म, परम्परा संस्कृति र वंशावली लगायत अन्य विविध बिषयमा छलफल भएको छ । मगर जातीको ईतिहास उत्पत्ति भेषभाषा लगायत चालचलन, रहनसहनको बारेमा गहन छलफल भएको छ । पछिल्लो समय जातीय पहिचानवादीहरुको चर्काे रुपमा भैरहेको बेलामा विभिन्न कुना कन्दरा र बस्तीहरुमा मगरहरु एक हुनपर्ने समय आएको वडा अध्यक्ष टंक बहादुर आलेले बताए । पिङडाँडा नमुना समुह सगँको सहकार्यमा आयोजनामा भएको उक्त अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि मगर संघका केन्द्रीय सदस्य अम्बर बहादुर आले मगर, बिशेष अतिथि नेपाल बौद्व समाज बागमती प्रदेश उपाध्यक्ष गणेश बहादुर थापा मगर, भाषा प्रशिक्षक सुदिप यस्माली मगर, वडा अध्यक्ष टंकबहादुर आले, स्थानीय शिक्षक ईन्द्रबहादुर थापा, समाजसेवी घनश्याम आले मगर, अम्बरबहादुर अस्तानी मगर (रिजन) लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सम्पुर्ण मगर संर्जकहरुको उपस्थिति रहेको थियो । 
    कार्यक्रम सञ्चालन भाषा प्रशिक्षक बिजय सिजांली मगरले गरेका थियोे । आयोजक पिङडाँडा नमुना समूहको कार्यालय भवनमा सम्पन्न भएको अन्तक्र्रिया कार्यक्रम झलक बहादुर जर्घा मगरको सयोजकत्वमा सम्पन्न भएको थियो ।