2026 August 19/ 05:36: 31am

    धुलिखेल/सामाजिक जागरण मञ्चले धुलिखेल सम्वन्धि खुल्ला निवन्ध प्रतियोगिता आयोजना गरेको छ । ३० जना सहभागीहरु मध्ये उत्कृष्ट पाँच जना पहिलो चरणमा छनौट गरिएको थियाो । छनौट गरिएका मध्येबाट प्रथम, दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार वितरण गरिएको छ । कवि अर्जुन पराजुली  र बरिष्ठ साहित्यकार मोहन दुवाल लगायतले विजयी सहभागिहरुलाई पुरस्कार वितरण गरेका थिए । 
    निवन्ध लेखनमा मुल्यांकनकर्ताका रुपमा डा.कुलप्रसाद कोईरालाको संयोजकत्वमा डा.शशि थापा र हरि मञ्जुश्री सदस्य रहेका थिए । निवन्ध प्रतियोगितामा हरिप्रसाद धिताल, रोजना श्रेष्ठ, सुरेश बडाल, भावना पौड्याल, सुजन सुवेदी, शेखर पराजुली, शुशिल श्रेष्ठ, आरसी भट्टराई, त्रिलोचन घिमिरे, पुर्णबहादुर कार्की, बालकुमारी बस्नेत, गरिमा अधिकारी, कविन तिमल्सिना, अनिता काफ्ले, रोजिना सापकोटा, श्रीराम थापा, सत्यदेवी भट्टराई, विद्यान ब्याञ्जु, नारायणकृष्ण  ब्याञ्जु, बसन्ती तामाङ, अशोक  ब्याञ्जु, सरोज कुईकेल, सरस्वती चिमौरिया, रामविक्रम बस्नेत, मनोजकुमार गुप्ता, सविन थापा, रेखा भण्डारी, अनुपा सापकोटा, चाँदनी पराजुली, संरचना दाहाल र अमित हुमागाई सहभागि भएका थिए । सहभागी मध्ये चाँदनी पराजुली, आरसी भट्टराई, अनुपा सापकोटा, रेखा भण्डारी र संरचना दाहाल उत्कृष्ट पाँचमा छनौट भएका थिए । उनिहरुले लेखेको निवन्ध प्रस्तुतीका साथै संस्थाको तर्फबाट पुस्तकका रुपमा प्रकाशन गरिएको थियो । पुरस्कार वितरणसँगै पुस्तक प्रकाशन गरिएको कार्यक्रम संयोजक कृष्णसुन्दर थापाले बताए । प्रथम हुनेलाई ५१ हजार, दोश्रोलाई ३१ हजार, तेश्रोलाई  २१ हजार र सान्त्वना हुनेलार्ई ५ हजार ५ सय नगद सहित पुरस्कार उपलब्ध गराईएको थियो । अध्यक्ष पृथ्वी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल राय लगायतले कार्यक्रमकाक सन्र्दभमा धारणा राखेका थिए । कार्यक्रममा धुलिखेलका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।