2026 August 19/ 06:41: 34pm

    धुलिखेल/उद्योग तथा वाणिज्य कार्यालयको आयोजनामा होमस्टे, होटल कुक हस्पिटालिटी (इन्र्टन सहित) सम्बन्धी २१ दिने तालिममा सहभागिहरूलाई प्रमाणपत्र वितरण गरेको छ । 
    कार्यालयका प्रमुख यज्ञबहादुर ओलीले २०८१ जेठ २१ गते बाट शुरु भएको तालिममा असार १६ गते समापन पछि तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । ओलीले तालिममा सिकेका विषयहरुलाई ब्यबहारमा उतारी ब्यवसायीक बन्न अनुरोध गरेका थिए । आफु ब्यबसायी बन्नका लागी तालिमको ठुलो महत्व रहेको छ । उक्त तालिममा कुनै उमेर समुह नतोकी तालिम प्रदान गरेको ओलीले बताए । उद्योग तथा वाणिज्य कार्यालयले काभ्रेमा विभिन्न खालका तालिम प्रदान गर्दै आएको बताए । तालिम पश्चात तालिममा सहभागिहरुले ब्यबसाय दर्ता र उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण गर्न उद्योग कार्यालयले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा होमस्टे वागमती प्रदेश महासघंका सचिब माधब श्रेष्ठ, सदस्य सञ्जय तामाङ, उद्योग तथा वाणीज्य कार्यालयका लेखा प्रमुख ईश्वर कुमार पाण्डे, कार्यालयका रविन्द्रप्रसाद चौलागाई, प्रशिक्षक लक्ष्मीराज शाह, चेष्टा साप्ताहिहका सह सम्पादक लक्ष्मण तिमल्सिना लगायतको सहभागिता रहेको थियो । तालिममा १९ जनाको सहभागिता रहेको थियो । बनेपाको होटल हस्पिटालिटी म्यानेजमेन्ट टे«निङ सेन्टरमा उक्त तालिम आयोजना गरिएको थियो ।