पनौती/इन्द्रेश्वर क्याम्पसद्वारा भुमिमाता रोशी बजारमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गत सोमबार पनौती नगरपालिका वडा नम्बर १२ वडा कार्यालयको सभाकक्षमा इन्द्रेश्वर क्याम्पसको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
एकदिने सामुदायिक हातेमालो कार्यक्रम अन्र्तगत वडाभित्रको महिलाको वृत्तिविकास, क्षमता विकासको लागि महिला सशक्तिकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गिता तिमल्सिना दाहाल र राजेन्द्र महाजुबाट महिला नेतृत्व विकास, व्यक्तित्व विकास, आय–आर्जन, बचत तथा लगानी र स्वरोजगार बन्नको लागि क्षमता अभिबृद्धिबारे अन्तक्र्रिया गरिएको थियो भने पनौती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष जयराम के.सी.लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।









