2026 June 21/ 05:58: 43pm

बनेपा/नेकपा एमाले निकट अनेरास्ववियु बागमती प्रदेश कमिटीले बागमती प्रदेश स्तरीय फुटसल प्रतियोगिता आयोजना गरेको छ । अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारी आयोजना गरिएको फुटसल प्रतियोगितामा ३७ समुहले भाग लिएका छन् । 
    श्रीखण्डपुरमा रहेको फुटलसलमा प्रतियोगिताको शुभारम्भ केन्द्रिय अध्यक्ष समिक बडालले गरेका छन् । प्रतियोगिता उद्घाटन कार्यक्रममा अनेरास्ववियुका विभिन्न तहका नेताहरु सहभागि थिए । समापन कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले गर्नेछन् । विजयीहरुलाई नेता बास्कोटाले पुरस्कार वितरण गर्नेछन् । बागमती प्रदेश कमिटी अध्यक्ष लालबहादुर बुढाथोकीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता र तयारीका बारेमा जानकारी गराईएको थियो । जिल्ला कमिटी काभ्रेले ब्यवस्थापन गरिरहेको उक्त प्रतियोगिता बागमती प्रदेश कमिटीको खेलकुद तथा स्वंयसेवा विभागले आयोजना गरेको हो । प्रति टिम सहभागि शुल्क ४ हजार लिएको उक्त प्रतियोगिताका विजयी समुहले ५० हजार, दोश्रो हुनेले ३० हजार र तेश्रो हुनेले २० हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । विभागका संयोजक दुधराज लामाको संचालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय कमिटी सचिव एवं प्रदेश कमिटी इन्चार्ज सुजन कडरिया, सह ईन्चार्ज एवं स्थायी कमिटी सदस्य सागरहरी अधिकारी, प्रदेश कमिटीका पुर्व अध्यक्ष शालिकराम पराजुली, स्थायी कमिटी सदस्य सुनिता थापा, जिल्ला इन्चार्ज सुमन जैरु, जिल्ला अध्यक्ष मिलनकुमार गौतम, पुर्व अध्यक्ष हरिशचन्द्र घिमिरे, पुर्व संयोजक हेमराज हुमागाई, बागमती प्रदेश कमिटी उपाध्यक्ष युवराज दाहाल लगायतका नेताहरु सहभागि थिए । राष्ट्रिय स्तरका रेफ्रि जयोज श्रेष्ठद्वारा प्रतियोगिता संचालन भईरहेको छ ।