2026 June 21/ 05:26: 38pm

   बनेपा/२०३६ सालदेखी राजनीतिमा सक्रिय भई २०४६ सालदेखी निरन्तर नेपाली काँंग्रेस पार्टीको विभिन्न जिम्मेवारीमा रही कृयाशील रहेका जिल्ला समिति सदस्य बालकृष्ण दाहालले पार्टी परित्याग गरेका छन् । 
    बनेपा ५ निवासी दाहालले २०८० चैत्र ३० गते देखी लागु हुने गरी जिल्ला सभापतिलाई राजीनामा बुझाएको बताएका छन् । नेपाली कांग्रेसले नेपाली जनताका लागी भन्दा पनि सत्ता राजनीतिमा लिप्त भई वि.पि कोईरालाको विचार तथा सिद्धान्त विपरित गठबन्धनका नाममा हंँसिया हटौडा चिन्हमा भोट राख्न लगाएकोले आफु असन्तुष्टि रहेको दाहालको राजीनामा पत्रमा उल्लेख रहेको छ । दाहालले आफु केन्द्रित र आफ्ना गुटका लागी मात्रै पार्टीका नेताहरु हिँडेको, अवसरवादी चरित्र रहेको लगायतका गुनासा र असन्तोष राख्दै राजिनामा दिएका हुन् । दाहालले तत्काल कुनै पार्टी प्रवेश नगरी सामाजिक र सहकारी अभियानमा कृयाशिल हुने बताए । नेपाली काँग्रेसको वर्तमान नेतृत्व मसल, मनी र तस्करीमा रमाउन थालकोे उनले बताए ।