बनेपा/संस्कृति शिरोमणि हरिराम जोशीको सक्रियतामा स्थापित तथा जोशी रिसर्च इन्ष्टिच्यूट, ललितपुरबाट सञ्चालित ‘हरिराम जोशी संस्कृति पुरस्कार’ सक्रिय भाषा–साहित्यका अभियन्ता तथा देश÷विदेशमा समेत ख्याति कमाएका जनमत साहित्यिक मासिकका प्रधान सम्पादक मोहन दुवाल र ‘कदमकेशरी जोशी सम्मान’ ले इतिहासकै खोजी, लेखन र प्रकाशनमा सक्रिय रुपले लाग्दै आएका सक्रिय इतिहासकार प्रा.डा.पुरुषोत्तम लोचन श्रेष्ठलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारका लागि दुवाल र श्रेष्ठ छनौट भएका हुन् ।
उक्त पुरस्कार २०८१ वैशाख ४ गते ललितपुरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने बताईएको छ । दुवै पुरस्कारको राशी २५ हजार रहेको छ ।









