बनेपा/राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटीले निर्णय गरेको दुई महिने सङ्गठन निर्माण अभियान अन्तर्गत वडा अधिवेशनहरु सम्पन्न भएका छन् । वडा अधिबेशन लगत्तै विभिन्न पालिकामा पालिका स्तरको अधिबेशनको तयारी गरिएको छ ।
‘संगठनले जिल्लाका १ सय ३५ वटै वडामा संगठन निर्माण र विस्तारको निर्णय गरेर कार्यान्वयन शुरु गरेको थियो’–अध्यक्ष इश्वरबल्धव सापकोटाले भने–‘टोल तथा वडा भेला पछि वडाहरुमा अधिबेशनको तयारी गरिएको छ । वडा अधिबेशन सम्पन्न गरिसकेका पालिकाहरुले पालिका स्तरको अधिबेशनको मिति तय गरेका छन् ।’ बनेपा नगर कमिटीको अधिबेशन चैत्र १७ गते हुनेछ भने पनौतीमा चैत्र २४ गते हुनेछ । भुम्लु गाउँपालिकामा २६ गते अधिबेशन हुनेछ भने चौरी देउराली गाउँपालिकामा चैत्र ११ गते भेलाको आयोजना गरिएको छ । मण्डनदेउपुर नगरपालिकामा भने चैत्र १० गते एकै पटक सबै वडाको अधिबेशन तय गरिएको छ ।









