2026 June 21/ 02:25: 00pm

होमप्रसाद चौंलागाँईं/पाँचखाल
ईन्द्रेणी विद्या मन्दिरको २२ औ वार्षिकोत्सब पाँचखाल नगरपालिका उप प्रमुख सुर्यमाया दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रमका प्रमुख अतिथी दनुवारले संस्थागत विद्यालयहरुले शैक्षिक क्षेत्रमा ठुलो योगदान पु¥याँउँदै आएको बताईन । दनुवारले मण्डनदेउपुर र पाँचखालको सिमानजिकै रहेको ईन्द्रेणी विद्यामन्दिर समग्र पाँचखालकै सप्तरंगी ईन्द्रेणी भएको वताईन् । सामुदायीक विद्यालयमा राज्यको ठुलो लगानी भएपनि अपेक्षीत अनुसारको परिणाम आउन नसकेको वताईन् । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, पाँचखाल भ्याली संस्थागत विद्यालय अर्गनाइजेशन (भिसो) का अध्यक्ष विशाल घिमिरे, सर्वमंगला बहुमुखी क्याम्पसका प्रमुख केशव काफ्ले, प्याब्सन पाँचखालका अध्यक्ष डी.बी. ऐडी. भिसो स्थित मण्डनदेउपुर, पाँचखाल र भुम्लुका विभिन्न संस्थागत छिमेकी विद्यालयका प्राचार्यहरु तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्राचार्य डा.राममणी सापकोटाले प्रस्तुत गरेका थिए । कार्यक्रममा शैक्षिक सत्र २०७६, २०७७, २०७८ र २०७९ का एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरुलाई तथा विद्यालयमा विभिन्न विद्यामा उत्कृष्टलाई सम्मान  गरिएको थियो ।  कार्यक्रममा विद्यार्थीहरुले विभिन्न खालका कला, संस्कृति र मौलिकता झल्कने  साँस्कृतिक कार्यक्रम गरेका थिए । कार्यक्रमको अध्यक्षता प्राचार्य डा.राममणी सापकोटाले गरेका थिए ।