2026 June 21/ 11:34: 51am

             बनेपा/बनेपा नगरपालिका रसिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा रहेको पाँचपोखरी थाङपाल गाँउपालिका  विच भगिनी सम्बन्ध स्थापनाका लागी सम्झौता भएको छ । 
             बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरन्त शाक्य र पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले सम्झौता पत्र आदान प्रदान गरेका थिए । सम्झौतामा नगरपालिकाकी उप–प्रमुख विमला सापकोटा र पालिका उपाध्यक्ष सुनिाता अधिकारीले समेत हस्ताक्षर गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोला चापागाई वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा पाँचपोखरी थाङपाल गाँउपालिका प्रमुख प्रशासकियअधिकृत लक्ष्मण लुईटेल,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । 
२०८० पुष ९ गते पाँचपोखरी थाङपाल गाँउपालिकाको निमन्त्रणमा बनेपा नगरपालिकाको टोली गई पालिका गई विभिन्न ठाँउहरुको अबलोकन गरेको थियो । बनेपा गरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले पाँचपोखरी थाङपाल गाँउापलिका र बनेपा नगरपालिका बिचमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड ट को कानूनी व्यवस्था बमोजिम अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गरी आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई स्थानीय तहको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण एवं सबलीकरण गर्ने उदेश्य रहेको बताए ।ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व रहेको बनेपा नगरपालिका र पाँचपोखरी थाङ्पाल गाँउपालिका सिन्धुपाल्चोक जिल्लाको उत्तर हिमाली क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलका साथै ऐतिहासिक पहिचान र देविदेवताको वास्थान रहेको गाँउपालिका बीच विविध क्षेत्रहरुमा सहकार्य, साझेदारी तथा समन्वय गर्न दुई स्थानीय तह बीच भगिनी सम्बन्ध स्थापना गरी हितैषी तथा मैत्रीपूर्ण सम्बन्ध मार्फत संस्थागत प्रणालीलाई सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध पालिका र नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले सम्बन्ध विस्तार गरिएको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बताए
पाँचपोखरी थाङपाल गाँउपालिकाका अध्यक्ष टासी लामाको नेतृत्वमा आएको टोलिले बनेपा नगरपालिका भित्र भएका विकास निमार्ण तथा ऐतिहासिक धार्मिक स्थान, विद्यालय, अस्पताल, वडा कार्यलयहरुको अवलोकन गरेको थियो । अबलोकन पछि उक्त सम्झौता गरिएको उपप्रमुख विमला सापकोटाले जानकारी दिईन् । सापकोटाले विकास निर्माण लगाएत धेरै कुराहरुमा काम गर्न सहज हुने भएकाले सम्बन्ध विस्तार गरिएको बताईन् । कार्यक्रममा पाँचपोखरी थाङपाल गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी, बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोला चापागाई, गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइँकेल, बनेपा नगरपालिका प्रशासासकिय अधिकृत धुर्वराज नेपाल,  सामाजिक शाखा अधिकृत दिनेश कुमार पोखरेल लगायतले सम्बन्धका बारेमा धारण राखेका थिए ।