बनेपा/बनेपा नगरपालिकामा दादुरा रुबेला रोग विरुद्धको खोप अभियान भोलि फागुन १८ देखी २२ गते सम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख आशिस शर्मा कडेंलले बताए ।
बनेपा नगरपालिकामा बालबालिकाहरु ९ महिना देखि ५ वर्ष मुनी उमेर समुहका ३ हजार ७ सय १५ रहेका जनाएका थिए । नगरको १४ वटा वडाका ४४ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिने कडेंलले बताए । नियमित खोपको अतिरिक्त खोप अभियान हो, बालबालिकाहरुलाई दादुरा रुवेला जस्तो प्राणघातक सरुवा रोगबाट संक्रमण हुन नदिन, शिशु र बाल मृत्युदर कम गर्न तथा विश्वमै नेपालबाट दादुरा रुबेला रोग २०२६ सम्म अन्त्य गर्ने गरी सबै बालबालिकाहरुलाई नछुटाईकन खोप अभियान संचालन गर्ने गरी ब्यवस्थापन गरिएको बताएको थिए । अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले बनेपामा उक्त अभियान सफल पार्न सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वंमसेविकहरु, विद्यालयका शिक्षक, अभिभाबक सहित लागेर कोहिपनि बालबालिका खोप लाउन बाट छुट्न नहुने शाक्यले बताए । अभिमुखीकरण कार्यक्रममा उप–प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत भोला चापागाई, वडा अध्यक्षहरु,कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख, जनस्वास्थ्य निरीक्षक महेश्वरकाजी श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शाखाकी सिता भट्टराई श्रेष्ठले सञ्चालन गरेकी थिईन् ।









