2026 June 21/ 10:46: 56am

            बनेपा/सरस्वती पूजाको अवसर पारी गुरुकुल बेलर क्याम्पसको आयोजनामा जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता गरिएको छ । 
प्रतियोगितामा प्रथम गुरुकुल बेलर क्याम्पस ग्रुप (ए) द्वितीय तेजगंगा बहुमुखी क्याम्पस पनौती तृतिय गुरुकुल बेलर क्याम्पस ग्रप (बि) र सान्त्वना सर्वमंगला क्याम्पस पाँचखाल भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ५ हजार र प्रमाणपत्र , द्धितियलाई नगद रु ३ हजार र प्रमाण पत्र र तृतियलाई नगद रु २ हजार र प्रमाण पत्र वितरण गरिएको गुरुकुल बेलर क्याम्पसका क्याम्पस प्रमुख भगिरथ अधिकारीले जानकारी दिए । प्रतियोतामा विद्यार्थीहरुलाई पढाईसँगै सामान्य ज्ञानको समेत अनुभव तथा क्षमता र दक्षता प्रर्दशन गर्ने उद्देश्यले आयोजना गरिएको अधिकारी बताए । 
         कार्यक्रम संयोजक माधव प्रसाद पन्तले प्रतियोगिताको उद्देश्य सरकारी सेवा प्रवेश गर्न सामान्य ज्ञान र बौद्धिक परीक्षणमा दख्लता प्राप्त गर्नै पर्ने भएकाले स्नातक अध्ययन गरिरहेका विद्यार्थीलाई त्यसतर्फ आकर्षित गर्नु रहेको बताए । कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष भोला थापा, क्याम्पस प्रमुख भगिरथ अधिकारी, क्याम्पसका सञ्चालक सदस्य विरबहादुर थापा  लगायतको सहभागिता रहेको थियो ।