2026 June 21/ 10:03: 49am

          रोशी/खार्पाचोक बुद्धपार्क उद्दघाटन तथा ल्होछार साँस्कृतिक मुल समारोह समितिको आयोजनामा मन्जुश्री सम्मत २८६० आंै सोनाम ल्होछार हुने भएको छ । माघ २५ र २६ गते रोशी गाउँपालिकको ८ खार्पाचोकमा बुद्धपार्कको उद्घाटन सँगै ल्होछार साँस्कृतिक कार्यक्रम हुने समारोह समितिका संयोजक पूर्ण लामा थोकरले जानकारी दिए । कार्यक्रमको उद्घाटन बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल र गुरु टुल्कु सोनाम गर्वाङ रेम्पोर्छे सरदेश अवतारी लामाले संयुक्त रुपमा गर्ने लामाले बताए । 
          तामाङ समुदायको संस्कार संस्कृतिको संरक्षण तथा प्रबद्र्धन, भाषा, भेषभुषा र कलाको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको खार्पाचोक युवा क्लबका अध्यक्ष लाल बहादुर घिसिङले जानकारी दिए । कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ, उदय सोतङ, सुरेश अधिकारी लगायत स्थानीय कलाकारहरुको बेजोडसँगै कार्यक्रममा लामा, ताम्बा र झाँकीहरुको सामुहिक प्रस्तुति पनि रहने जनाएको छ ।