बनेपा/बेथान्चोक हिल्स प्रालिको दोस्रो साधारण सभा प्रालिका अध्यक्ष बद्रीप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रालिको आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै तिमल्सिनाले प्रालिले छिट्टै बेथान्चोक गाउँपालिका वडा नम्वर ४ मा रहेको प्रालिको जग्गामा रिर्सोट बनाउनका लागी डिपिआर तयार गरिएको, बनभोज स्थल तयार गर्न लागिएको बताए । बेथान्चोक नारायण स्थानमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गरेको छ । पर्यटकीय स्थानमा ब्यबस्थीत होटल, तालिम हल लगाएतको सुविधा सम्पन्न रिर्सोट सञ्चालन गरिने अध्यक्ष तिमल्सिनाले बताए । सभामा प्रालिका सञ्चालकहरुको उपस्थिति रहेको थियो ।









